निखिल स्टारर ‘पिंजडा ब्याक अगेन’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

निखिल स्टारर ‘पिंजडा ब्याक अगेन’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक

६३९ पटक पढिएको

नायक निखिल उप्रेतीको पहिलो चलचित्र 'पिंजडा'को सिक्वेल 'पिंजडा ब्याक अगेन'को ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलरमा भरपुर एक्सनका साथमा पारिबारिक प्रेम, कमेडी र रोदनलाई बिशेष रुपमा प्रस्तुत गरिएको छ ।

माघ ४ लाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । हिमाल केसी निर्देशित ‘पिंजडा ब्याक अगेन’मा निखिलका अलावा, सारा सिर्पाली, ज्याक श्रेष्ठ, सुष्मिता केसी, पुकार भट्टराई, भोलाराज सापकोटा, कुशाग्र भट्टराई लगायतको मुख्य भूमिका रहेको छ ।

मौनता श्रेष्ठको कथारहेको चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, राजनराज शिवाकोटी, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत रहेको छ । श्रीराम बरालको प्रस्तुती रहेको चलचित्रलाई रोहित पुरी, चन्द्र बहादुर क्षेत्री, गोविन्द गैरेले निर्माण गरेका हुन् भने वसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माताका रुपमा रहेका छन् ।