सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

७१७ पटक पढिएको

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १ ८ प्रतिशत मत बदर भएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिनुभयो ।

आयुक्त यादवका अनुसार सबैभन्दा कम मनाङमा शुन्य दशमलव ३ ७ प्रतिशत मत बदर भएको छ भने सबैभन्दा बढी २ नं प्रदेशका जिल्लामा झण्डै नौ प्रतिशतस म्म मत बदर भएको छ । यस्तै  काठमाडौं उपत्यकाका जिल्लामा तीन दशमलव ८१ प्रतिशत भन्दा कम मत बदर भएको छ । निर्वाचन आयोगले ५ प्रतिशतभन्दा कम मत बदर हुने अपेक्षा गरेको थियो ।