बैंश ढली जाला भन्दै आइन ज्योती मगर (भिडियो सहित)

बैंश ढली जाला भन्दै आइन ज्योती मगर (भिडियो सहित)

८१३ पटक पढिएको

उदयीमान गायिका अनिता चलाउनेको स्वर समावेश पछिल्लो गीत ‘बैंश ढली जाला’  को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित मोडल ज्योति मगरले कम्मर मर्काएकी छिन् । अनिताले बैंशको कुरा गर्दा भिडियोमा ज्योतीको जवानी छल्केको छ ।

ज्योतिसँगै सन्तोष मगरले दर्जन बराबर कोरसको साथ गीतमा नृत्य गरेका छन् । स्वरमा अनितालाई रामजी खाँडले साथ दिएका छन् भने गीतमा संगीत पनि रामजीको नै छ भने शब्द एकनारायण भण्डारीले लेखेका हुन् । केहि समय पहिले नै माल्दिभ्समा यो गीतको भिडियो छायांकन गरिएको भए पनि चित्तबुझ्दो प्रोडक्ट ननिस्केकोले पुनः नेपालमा खिचिएको गायिका अनिताले बताइन् ।