दयाहाङ अब “मिस्टर झोले”

दयाहाङ अब “मिस्टर झोले”

४५१ पटक पढिएको

नायक दयाहाङ राईको नयाँ फिल्म “मिस्टर झोले” को कमेडि फेभरले भरिपूर्ण ट्रेलर रिलिज भएको छ । “आखती” बोलको गीतको रिलिज भएसगैँ चर्चामा रहेको फिल्मको ट्रेलर निक्कै रमाइलो देखिन्छ । फिल्ममा रामबाबु गुरुङ आफैले कथा र पटकथा लेख्नुको साथै उनैले निर्देशन समेत गरेका छन् । फिल्ममा पछिल्लो समयका चर्चित अनुहारलाई देख्न सकिन्छ । दयाहाङ राई, बर्षा राउत, बुद्धि तामाङ, बिजय बराल, दिया पुन जस्ता चर्चित कलाकारको अभिनय “मिस्टर झोले” मा देख्न सकिन्छ । फिल्ममा कालीप्रसाद बास्कोटा र सुजिन कार्कीले सगीँत दिएका छन् । फिल्म यहि पौष २८ गते रिलिज हुदैछ ।