सागर आले मगरको सालैजो गीत "असारे महिना" बजारमा (भिडियो सहित)

सागर आले मगरको सालैजो गीत "असारे महिना" बजारमा (भिडियो सहित)

५०७ पटक पढिएको

पदम थापा मगर, मंसिर २८, पोखरा । केही समय अगाडि निकै चर्चाको शिखरमा रहेको AP1 टेलिभिजन द्वारा संचालित कार्यक्रम "नेपाल आईडल" मा धेरैले रुचाईएको प्रतियोगी सागर आले मगरको सालैजो गीत "असारे महिना" बजारमा आएको छ ।

नेपाल आईडलको अडिसन राउन्डमा राजु गुरुङको लय, सागर गुरुङ र शर्मिला गुरुङको आवाजमा रहेको "फुलाको थुङ्गा फेवातालमा डुङ्गा" बोलको सालैजो गीत गाएर धेरैको मन जित्न सफल सागर आले मगरले पछिल्लो क्रममा आफ्नै सालैजो गीत असारे महिना बजारमा ल्याएका छन् ।

असारे महिना खहरे खोला सालैजो बगेको सुसाउदै ।
मायालुसंग भेट होला भनि सालैजो मन यसै बुझाउदै ।

"धाउदै आएँ भेट होला भनि
हिजो राती देखेर सपनी"


राजु गुरुङको लय र शंकरविरही गुरुङको शब्दमा सागर आले मगर र एलिना गुरुङको स्वरमा रहेको उक्त गीतको भिडियो साई भिजन प्रा.लि. ले निर्माण गरेको छ भने प्रकाश भट्टको निर्देशन, करन चैसिरको छायांकन र विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा गायक तथा सर्जक राजु गुरुङ र आरुसी मगरको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :