धापासी जेसीसमा सुशील बुढाथोकी निर्वाचित 

धापासी जेसीसमा सुशील बुढाथोकी निर्वाचित 

५१७ पटक पढिएको

काठमाण्डौ । धापासी जेसीस टोखाको शनिवार सम्पन्न १२ औं अधिवेशनबाट सुशील बुढाथोकीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

अधिवेशनले कार्यकारी उपाध्यक्षमा जेसि अमित आचार्य र जेसि खेमराज अधिकारी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा जेसि खुस्बु कर्की, जेसि प्रमोद पोखरेल, जेसि अनिल महर्जन र जेसि जमुना राना निर्वाचित हुनुभएको छ । विधान अनुसार अन्य पदाधिकारी नव निर्वाचित कार्यसमितिका अध्यक्षले मनोयन गर्नेछन् ।

व्यक्तिको नभइ विधिको शासन हुनुपर्ने उद्देश्यका साथ सञ्चालित जेसीस १८ देखि ४० बर्षसम्मका युवाहरुको अन्तर्राष्ट्रिय छाता संगठन हो ।