आयो गायक महेश शिल्पकारको “फेवा तालैमा”

आयो गायक महेश शिल्पकारको “फेवा तालैमा”

५०८ पटक पढिएको

गीतसंगीतलाई कुनै सिमाले रोक्न सक्दैन भन्ने कुराका उदाहरण हुन गायक महेश शिल्पकार । हङकङमा रहेर आफ्नो कामलाई निरन्तरता दिइरहेका गायक महेश शिल्पकारले गीतसंगीतलाई पनि त्यतिकै महत्व दिइराखेका छन् । यसैबीच उनले  आफ्नो नयाँ गीत “फेवा तालैमा” बजारमा ल्याएका छन् । महेश शिल्पकारको आवाज रहेको गीतमा कृष्णभक्त मर्हजनले शब्द र संगीत दिएका छन् । “फेवा तालैमा” बोलको यस गीतको फेवाताल र पोखराको लोभलाग्दो दृश्यहरु समेटेको भिडियो पनि सार्वजनिक भएको छ । सुमन लामाले  निर्देशन र सम्पादन गरेको भिडियोमा दिपक कार्की र निभा अधिकारीको अभिनय देख्न सकिन्छ ।

“फेवा तालैमा” बोलको यस गीतलाई समेटेर पुरै एल्बमको तयारीमा रहेको पनि गायक महेश शिल्पकारले जानकारी दिएका छन् । गायक महेश शिल्पकारले यसअधि आह्वान, भ्वाईस अफ हङकङ, आदिबासी एल्बम बजारमा ल्याइसकेका छन् । नेवारी र नेपाली गीतहरुमा करिब एक दशक बिताएका शिल्पकार परदेशमा रहेपनि आफुलाई आफ्नोपन र नेपाली गीतसंगीतको अझै माया लाग्ने बताँउछन् । नेपाली र नेवारी गरेर उनले करिब २५ वटा गीत गाइसेकेका छन् ।