निर्वाचन कर्मचारीको प्रशिक्षण शुरु

निर्वाचन कर्मचारीको प्रशिक्षण शुरु

३५ पटक पढिएको

निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आजबाट केन्द्रीय प्रशिक्षण शुरु गरेको छ । मतदान र मतगणनामा खटिने कर्मचारीका लागि केन्द्रीय प्रशिक्षण सुरु गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मंसिर १० र २१ गते दुबै चरणमा हुने निर्वाचनका लागि आयोगले एकैचरणमा केन्द्रिय प्रशिक्षण दिन लागेको हो ।

केन्द्रीय प्रशिक्षणमा सहभागी कर्मचारीले प्रदेश र प्रदेशका कर्मचारीले जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ । पहिलो र दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा करिब ६० हजार कर्मचारी परिचालन गर्ने आयोगले जनाएको छ । मतदान र मतगणना प्रक्रियाका लागि हरेक मतदान केन्द्रमा ३ जना कर्मचारी परिचालन हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।