ह्याप्पी न्यू इयरको तिमी नै मेरो...रिलिज (भिडियो सहित)

ह्याप्पी न्यू इयरको तिमी नै मेरो...रिलिज (भिडियो सहित)

४३८ पटक पढिएको

चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत चलचित्रकाे रोमान्टिक गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर रहेकाे छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा सङ्गीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । मनोरम दृश्यमा सुट गरिएको गीत चलचित्र रिलिजको चार दिन पहिले आउट गरिएको हो । 

केही दिन पहिले मात्र चलचित्र निर्माण यूनिट मोफसलको प्रमोशनल टुर सकेर राजधानी फर्केको छ । नयाँ वर्षलाई लक्षित गर्दै पौष १४ गते चलचित्रले प्रदर्शन आरम्भ गर्दैछ । न्यू इयर इभ देखि रिलिज हुने यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको शीर्ष रोल रहेको छ । यस चलचित्रलाई रति थापाले निर्माण गरेकी हुन् ।