सरकारमा सहभागी हुदैनौं -उपेन्द्र यादव

सरकारमा सहभागी हुदैनौं -उपेन्द्र यादव

२६२ पटक पढिएको

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई फोरम नेपाल सरकारमा सहभागी नहुने बताउनु भएको छ । मधेस र मधेसी जनताको मागअनुसार संविधान संशोधन नभईसरकारमा सहभागी हुने अवस्थामा नरहेको उहाले बताउनु भएको हो । उहाले अब बन्ने नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पार्टी्भित्र कुनै निर्णय भइनसकेको समेत  स्पष्ट पार्नु भयो । उहाँले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा पनि आफूहरु सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा कुनै कुराकानी नभएको जिकीर समेत गर्नुभएको छ ।