पार्टी एकतामा कुनै समस्या छैन - प्रचण्ड

पार्टी एकतामा कुनै समस्या छैन - प्रचण्ड

१६८ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ । बालकोटस्थित ओली निवासमा भएको छलफलमा वाम गठबन्धनका शीर्ष नेताबीच पार्टी एकता र नयाँ सरकार गठन लगायतका विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनु भयो । दुई नेताबीच करिब एक घण्टा छलफल भएको थियो । ओली निवासबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष दाहालले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै विभिन्न विषयमा छलफल भएको र पार्टी एकतामा कुनै समस्या नभएको बताउनु भयो । दुई नेताबीच हिजो नै भेट हुने भनिए पनि आन्तरिक छलफलका लागि भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।