डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

४६ पटक पढिएको

डोटीको केआई सिंह गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ३ देउरडीमा दुर्घटना हुँदा चालक खेमराज ओझा सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना परी ज्यान गुमाएका अन्य २ जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते ३ जनालाई उपचारका लागि दीपायल पठाइएको छ ।