प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

५२५ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विच आज  बिहान भेटवार्ता भएको छ । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ । कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेको समयमा भारतीय राजदूत पुरी बालुवाटार पुग्नुभएको थियो । राजदूत पूरी झण्डै आधा घण्टापछि बालुवाटारबाट बाहिरीएको जानकारी प्राप्त भएको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ ।