राजपा र फोरमको छिट्टै एकता हुन्छ : यादव

राजपा र फोरमको छिट्टै एकता हुन्छ : यादव

४९३ पटक पढिएको

राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग चाँडै एकता हुने बताएको छ ।  राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले फोरमसँगको एकता प्रक्रिया केही दिनमै शुरु गर्ने बताउनुभएको हो । यादवले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको परिणाम मार्फत राजपा र फोरम मिलेर जान जनादेश प्राप्त भएकाले सोही अनुसार अघि बढ्ने बताउनु भएको छ । एकीकरण गर्ने क्रममा आवश्यक परेमा संगठन पूनर्संरचना गर्न समेत राजपा तयार रहेको उहाँले बताउनुभयो । उता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने न्यूनतम शर्तहरु पूरा गरेमा मात्रै दुई दलबीच एकीकरण हुनसक्ने बताउदै आउनुभएको छ ।