एकल पर्वतारोहीलाई सगरमाथा चढ्न प्रतिबन्ध

एकल पर्वतारोहीलाई सगरमाथा चढ्न प्रतिबन्ध

२९९ पटक पढिएको

नेपालका हिमालमा एकल आरोही र शारिरीक रुपमा अशक्त व्यक्तिले हिमाल आरोहण गर्न नपाउने भएका छन् । विक्रम सम्वत २०७४ संशोधित पर्वतारोहण नियमावली अनुसार एकल आरोही र शारिरीक रुपमा अशक्त व्यक्तिले हिमाल आरोहण गर्न नपाउने भएका हुन् । मन्त्रिपरिषद्को विधायन समितिले पारित गरेको नयाँ नियम अनुसार एकल पर्वतारोहणलाई प्रतिबन्ध लगाइएका हो  । साथै अपाङ्गता भएका आरोहीलाई चिकित्सकको अनुमति विना सगरमाथा वा अन्य हिमाल आरोहण गर्न नदिने व्यवस्था गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।  

पर्वतारोहणको क्रममा हुने दुर्घटना कम गर्न एक्लै हिमाल चढ्न नपाइने, उच्च हिमाल आरोहणका क्रममा सहयोगी लिएर मात्र जानुपर्ने लगायतका व्यवस्था सो नियमावलीमा उल्लेख गरिएका छन् ।