सुरुग निर्माणमा अझै २ महिना - मेलम्ची खानेपानी

सुरुग निर्माणमा अझै २ महिना - मेलम्ची खानेपानी

३१० पटक पढिएको

मेलम्ची खानेपानी आयोजनाको सुरुग निर्माणमा अझै २ महिना लाग्ने आयोजनाले जनाएको छ । खानेपानीका लागि खनिनु पर्ने २७ दशमलभ ५८ किलोमिटर मध्ये अब चार सय ४३ मिटर खन्न बाकीँ रहेको छ ।  खन्न बाँकी रहेको सुरुगं सबैभन्दा कठिन रहेकाले अझै दुईमहिना लाग्ने आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताउनु भयो ।

मेलम्ची खानेपानीका लागि २७ दशमलभ ८४ किलोमिटर खनिनु पर्नेमा अहिलेसम्म २७ दशमलभ  ४१ किलोमिटर सुरुगं निर्माण कार्य सम्पन्न भैसकेको छ । यस्तै आयोजनाको दोस्रो फेजका रुपमा रहेको लार्के र यांग्री खानेपानी आयोजना पनि यसै वर्ष सुरु हुने भएको छ । आवश्यक विस्तृत परियोजना प्रतिवेदन ९डिपिआरं० पास भएलगतै याग्रि र लार्केको निर्माण कार्य पनि सुरु हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको  छ । 

फाइल तस्वीर सौजन्य : The Himalayan Times