चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा नव वर्ष २०१८ को शुभकामना

चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा नव वर्ष २०१८ को शुभकामना

५९३ पटक पढिएको

नव वर्षको पूर्वासन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चिनियाँ केन्द्रिय जन रेडियो , चिनियाँ केन्द्रिय टेलिभिजन, चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन तथा इन्टरनेटमार्फत नव वर्ष २०१८ को शुभकामना सन्देश पठाउनुभएको छ। अब प्रस्तुत छः शुभकामना सन्देशको पूर्ण विवरण ।

महिला तथा सज्जन वृन्द, कमरेड र साथीहरुः

नमस्कार। समय छिटै बितिसकेको छ। नव वर्षको घण्टी बज्न लागेको छ भने नव वर्ष सन् २०१८ छिटै नै आउन लागेको छ। यस सुखद अवसरमा म सारा देशका विभिन्न जातिका जनता, हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रका देशबन्धु, थाइवानी देशबन्धु र विदेशमा बसोबास गर्ने देशबन्धु, विश्वका विभिन्न देश र क्षेत्रमा बसोबास गर्ने साथीहरुलाई नव वर्षको शुभकामना व्यक्त गर्न चाहन्छु। यसका साथै म विश्वका विभिन्न मुलुक तथा क्षेत्रमा बसोबास गर्ने साथीहरुलाई सबै काम सुचारु रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।

काम गर्नका लागि मिहिनेत गर्नुपर्छ र दिन प्रतिदिन परिवर्तन हुँदै गएको छ। सन् २०१७ मा हामीले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको आयोजना गरी समाजवादी आधुनिक मुलुकको चौतर्फी रुपमा निर्माण गर्ने नयाँ इतिहास सिर्जना गरेका छौं। चीनको कूल जीडीपी आठ सय खर्ब चिनियाँ युआन पुगेको छ भने शहर तथा गाउँमा नयाँ थपिएको रोजगारीको संख्या एक करोड तीस लाख जना भन्दा बढी पुगेको छ। सामाजिक वृद्ध विमाले नव्बे करोड चिनियाँ जनतालाई ढाकेको भने आधारभूत चिकित्सा विमाले एक अर्ब पैंतीस करोड जनतालाई ढाकेको छ। यसका साथै ग्रामीण क्षेत्रका एक करोड भन्दा बढी गरीबहरु गरिबीबाट मुक्त भएका छन्। चीनमा एउटा पुरा‌नो उखान छ, "बस्ने ठाउँ पाएपछि व्यापक जनतालाई खुशी लाग्छ"। चीनका चौंतीस लाख विपन्न जनता नयाँ घरमा सरेका छन्। विभिन्न किसिमको पुराना घरको मर्मत गरिएको छ र तोकिएको समय भन्दा अगाडि साट्ठी लाख वटा पुराना घरको मर्मत गरिएको छ। विभिन्न किसिमको जीवनयापन कार्यमा गतिशीलताका साथ विकास भएको छ। पर्यावरणमा क्रमश:सुधार भएको छ। चिनियाँ जनतालाई अरु बढी समृद्धि प्राप्त हुँदा सुख लागेको छ। यसका साथै चिनियाँ जनतालाई अरु सुरक्षित लागेको छ। हामीले सम्पन्न समाजको चौतर्फी रुपमा निर्माणको लक्षतिर एउटा ठूलो पाइला चालेका छौं।

वैज्ञानिक तथा प्राविधिक आविष्कार तथा महत्वपूर्ण परियोजना सम्बन्धी धेरै खुसी लाग्दो समाचार आएको छ। "ह्वै यान" उपग्रह अन्तरिक्षमा उडेको छ भने सी 919 ठूलो ढाँचाको विमान आकाशमा उडेको छ। क्वान्टम कम्प्यूटरको अनुसन्धान तथा उत्पादन सफल भएको छ भने नुनिलो समुद्रमा धानखेतीको परीक्षण उत्पादन भएको छ। पहिलो विमानवाहक जहाज पानीमा चलेको छ भने "हाई यी "नामक पानीमुनी ग्लाइडरले समुद्रमा अवलोकन गरेको छ। पहिलो पटक समुद्री क्षेत्रमा जल्नसक्ने हिमको सर्भेक्षण सफल भएको छ भने याङ शानको चौथो चरणको बन्दरगाह औपचारिक रुपमा संचालनमा आएको छ। हङकङ-चुहाई-मकाउ पूलको मुख्य भाग संचालनमा आएको छ भने फूसिंग नामक उच्च गतिको रेल चीनको व्यापक क्षेत्रफलमा चलेको छ। म चिनियाँ जनताद्वारा सिर्जना गरिएका ती चमत्कारहरुका लागि तपाईंहरुको प्रशंसा गर्न चाहन्छु।

चिनियाँ जनमुक्ति सेनाको स्थापना भएको नब्बे वार्षिकोत्सवको उपलक्ष्यमा हामीले चु र ह संयुक्त तालिम अखडामा परेडको आयोजना गरेका छौं। हङकङ मातृभूमिमा समाहित भएको बीसौं वार्षिकोत्सवको उपलक्ष्यमा म हङकङ गएँ। मातृभूमिको शक्तिशाली समर्थनमा दीर्घकालीन अवधिदेखि हङकङको समृद्धि तथा स्थिरता जारी रहेको मैले देखें। र हङकङको भविश्य अरु उज्यालो हुनेछ। यस अवधिमा हामीले जापानी अतिक्रमण विरुद्ध चिनियाँ जनताको असीऔ वर्षको सम्झना समारोह तथा नान चिङ विनाशकारी हत्याका मृतकहरूप्रति स्मृति समारोहको आयोजना गरेका छौं , जसबाट इतिहासको या‌द गर्नुका साथै शान्तिको पूजा-आजा गर्नसकेका छौं।

हामीले चीनमा केही बहुपक्षीय कूटनीतिक कार्यक्रमको आयोजना गरेका छौं। तीमध्ये "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी शिखर मञ्च,ब्रिक्स मुलुकका नेताहरुबीचको स्यामन भेटघाट, चिनियाँ कम्युनिष्ट पार्टी तथा विश्वका पार्टीहरुका उच्च तह बीचको वार्ता सम्मेलन लगायत समावेश छन्। यसका साथै म विश्वमा आयोजित केही महत्वपूर्ण बहुपक्षीय सम्मेलनमा सहभागी भएँ। यस वर्षको प्रारम्भमा मैले दाभोस विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिनुका साथै संयुक्त राष्ट्र संघको मुख्यालय जेनेभामा सम्बोधन गरें। त्यसपछि जी-२० मुलुक समूहका शिखर सम्मेलन तथा एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरु बीचको अनौपचारिक सम्मेलनमा सहभागी भएँ। ती विभिन्न ठाउँमा मैले सम्बन्धित पक्षहरुसँग गहन रुपमा वैचारिक आदान प्रदान गरेको छु। उहाँहरु सबैले विश्वका जनताका लागि हित पुर्‍याउन मानव लक्षित संयुक्त समुदायको निर्माण गर्न मतैक्यता जनाउनुभएको छ।

सन् 2017 मा मैले सर्वसाधारणबाट पठाइएका धेरै वटा चिट्ठी पाएँ। तीमध्ये तिब्बतको लुङ च जिल्लामा रहेको यु माइ गाउँका साथीहरु,भित्री मंगोलियाको सुनिटयौचि वुलानमुचिका घोडचढीहरु,सी आन यातायात विश्वविद्यालयबाट पश्चिम सरेका बूढा प्राध्यापकहरु तथा नान खाइ विश्व विद्यालयमा भर्खरै भर्ना गरिएका विद्यार्थीहरु समावेश छन्। उनीहरूको कथाले म धेरै प्रभावित छु। व्यापक सर्वसाधारण देशको माया गर्छन् तथा योगदान पुर्‍याएका छन् र उनीहरुलाई कुनै पनि पछुतो लागेको छैन, जसबाट हजारौं सामान्य व्यक्तिहरु सबैभन्दा विशाल रहेको र मिहिनेतका साथ काम गरेपछि मात्र सुख पाउनसक्ने महसुस मैले पनि पाएको छु।

महिला तथा सज्जन वृन्द, कमरेड र साथीहरुः

सन् २०१८ भनेको चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवशेनको भावनालाई चौतर्फी रुपमा कार्यान्वयन गर्ने पहिलो वर्ष हो। चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवशेनले आगामी तीस वर्षसम्म चीनको विकास सम्बन्धी उत्कृष्ट परिकल्पनाको बयान गरेको छ। चीनको एउटा उखानमा लेखिएको छ,नौ तल्लाको भवनको निर्माणका लागि माटोको संकलन गर्नुपर्छ। यो उत्कृष्ट परिकल्पनालाई व्यवहारमा उतार्नका लागि सपना मात्रै देखेर हुँदैन, एक एक पाइला हिँडेर वास्तविक रुपमा राम्रोसँग काम गर्नुपर्छ।

सन् २०१८ मा हामीले सुधार तथा खुलापनको नीति अवलम्बन गरेको चालीस वर्षको सामना गर्नेछौं। सुधार तथा खुलापन वर्तमान चीनका प्रगति तथा विकासका लागि आवश्यक बाटो हुनुका साथै चिनियाँ सपनालाई सफल पार्ने बाटो पनि हो। हामीले यस उपलक्ष्यमा सुधारलाई निरन्तरता दिनुपर्छ ।

वर्तमान मापदण्ड बमोजिम सन् २०२० सम्म चीनको ग्रामीण क्षेत्रका जनता विपन्न अवस्थाबाट मुक्त हुने वचनवद्धता हामीले गरेका छौं । यो वचनवद्धता निकै महत्वपूर्ण छ। अबदेखि सन् २०२० सम्म तीन वर्ष मात्र बाँकी छ। सम्पूर्ण समाजले उचित नीति तर्जुमा गरी वास्तविक गतिविधि संचालन गरी निरन्तर रुपमा नयाँ विजय हासिल गर्नुपर्छ। तीन वर्षपछि समयमै गरिबी निवारणको युद्ध जित्ने कुराले चीनको हजारौं वर्षको इतिहासमा पहिलो पटक गरिबीको अवस्थालाई निर्मूल पार्नेछ। हामीले सँगै मिलेर चिनियाँ राष्ट्र तथा सम्पूर्ण मानवका लागि महत्वपूर्ण अर्थ रहेको यो गरिबी निवारण महानकार्य पूरा गर्न प्रयास गरौं ।

हाल विभिन्न पक्षले मानव जातिका शान्ति तथा विकासको भविष्यप्रति आशा लिनुका साथै चिन्ता पनि गरेका छन्। तिनीहरुले चीनले आफ्ना अडान तथा धारणा स्पष्ट पार्नसक्ने अपेक्षा गरेका छन्। विश्व एउटै परिवार हो। एउटा उत्तरदायी मुलुकको रुपमा चीनले पनि केही कुरा भन्न खोजेको छ। चीनले संयुक्त राष्ट्र संघका आधिकारिक स्थानको दृढताका साथ संरक्षण गर्नुका साथै आफूले वहन गर्नुपर्ने अन्तर्राष्ट्रिय कार्यभार तथा जिम्मेवारीलाई सक्रियताका साथ वहन गरेको छ। यसका साथै चीनले विश्वको जलवायु परिवर्तनको समाधान गर्नका लागि आफ्नो वचनवद्धताको अक्षरसः पालना गरेको छ। चीनले "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणलाई सक्रियताका साथ अघि बढाएको छ। चीनले विश्व शान्तिको निर्माण गर्दै विश्व विकासका लागि योगदान तथा अन्तर्राष्ट्रिय अनुशासनको संरक्षण गर्दै आएको छ। विश्वका जनताहरुसँगै मिलेर मानव जातिका अरु समृद्ध,अरु शान्त तथा उज्वल भविश्यको सिर्जना गर्न चीन इच्छुक रहेको छ।

महिला तथा सज्जन वृन्द, कमरेड र साथीहरुः

चिनियाँ जनताले हाम्रो विशाल उपलव्धी बनाएका छन् भने उपलब्धीको उपभोग पनि जनताले संयुक्त रुपमा गर्नुपर्छ। सर्वसाधारणले सबैभन्दा बढी ध्यान दिएका विषयहरु शिक्षा,रोजगारी,आम्दानी,सामाजिक बीमा,चिकित्सा,निवृत्तिभरण,बसोबास तथा वातावरण समावेश छन्। तपाईंहरुले धेरै फसल पाउनुका साथै चित्त नबुझेका कुरा पनि धेरै छन्। हाम्रो जीवनयापन कार्यमा तपाईंहरुलाई चित्त नबुझेका कुरा पनि धेरै छन्। जसले हामीलाई आफ्नो जिम्मेवारी तथा कार्यभार अरु राम्रोसँग गर्नुपर्ने माग प्रस्तुत गरेको छ । जनताको हित-कल्याणका लागि राम्रो तथा वास्तविक रुपमा काम गर्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको विभिन्न स्तरका समिति,सरकार तथा कर्मचारीहरुले सर्वसाधारणको अनुभवलाई हरेक समयमा आफ्नो मनमा राख्नुपर्छ । तिनीहरुले जनतालाई हित-कल्याण पुर्‍याउनुलाई आफ्नो सबैभन्दा ठूलो राजनीतिक उपलव्धी बनाउनुपर्छ। सर्वसाधारणको सोचविचार तथा चिन्ता राम्रोसँग बुझेर जनताको जीवनलाई अरु सुखमय बनाउनुपर्छ ।

तपाईंहरु सबैलाई धन्यवाद ।