श्वेताको ‘चरी चट्ट..’ युट्युवको ट्रेन्डिङ नम्वर एकमा

श्वेताको ‘चरी चट्ट..’ युट्युवको ट्रेन्डिङ नम्वर एकमा

५११ पटक पढिएको

अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘कान्छी’को पहिलो गीत ‘चरी चट्ट परी’ युटुव ट्रेन्डिङको पहिलो स्थानमा आएको छ । अपलोड भएको तीन दिनमा ९ लाख ४५ हजार बढी भ्युज कमाउँदै चरी चट्ट युटुवको ट्रेन्डिङ नम्वर एकमा आएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । स्वरमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राईका नृत्य छ आकाश अधिकारी निर्देशित कान्छी मा श्वेता शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् भने दयाहाङसँगै वरिष्ठ कलाकार नीर शाह तथा नायिका अनु शाह, अन्य कलाकारहरु प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ र आशान्त शर्मा लगायतको अभिनय रहेको छ । चलचित्र माघ २६ गतेबाट प्रदर्शनमा आउनेछ ।