सुनिल ग्रोवर पनि नेपाल आउँदै

सुनिल ग्रोवर पनि नेपाल आउँदै

७८४ पटक पढिएको

पछिल्लो समय बलिउड कलाकारहरू नेपाल आउने क्रम बढेको छ l यतिबेला बलिउडका चर्चित कलाकार सलामान खान र कैट्रीना कैफ आउने खबरले नेपाली रजतपटमा एक खालको हलचल मच्चाइरहेको छ । यसै बिचमा फेरी भारतका नामी कमेडियन सुनिल ग्रोवर पनि नेपाल आउने खबर आएको छ । अङग्रेजी नयाँ बर्ष २०१८ मा आयोजना हुन लागेको एक ''कर्पोरेट सो''का लागि ग्रोवर नेपाल आउने भएका हुन् l जनवरी ५ मा राजधानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आउने बताइएको छ l पछिल्लो समय ''द कपील शर्मा शो'' मार्फत विवादमा आएका सुनिल त्यस यता कुनै पनि टेलिभिजनको कार्यक्रममा देखिएका छैनन्  l

कमेडीमा आफ्नो छुट्टै पहिचान बनाएका सुनिलका साथमा केहि नेपाली कलाकारले समेत प्रस्तुती दिने बताइएको छ ।