प्रियंका बनिन् एसियाकै सर्वाधिक सेक्सी महिला

प्रियंका बनिन् एसियाकै सर्वाधिक सेक्सी महिला

१३४० पटक पढिएको

बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा यस वर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन् । पहिलो चरणमा छानिएका एसियाका ५० जना महिलाको सूचीमा मध्य प्रियंका पहिलो स्थानमा परेकी हुन ।

शुक्रवार प्रकाशित बेलायती साप्ताहिक पत्रिका 'ईस्टर्न आई' द्वारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन् । प्रियंकाले यो भन्दा अघि पनि पाँचौँ पटक एसियाली सर्वाधिक सेक्सी महिलाको उपाधि हात पारीसकेकी छन् ।