शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

१०७७ पटक पढिएको

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी शिवपुरी धामस्थित उत्तररामेश्वरम् ज्योतिर्लिंगको दर्शन गरेका छन् । दिउँसो नेपालगञ्जबाट धनगढीमा गाडीमा आएर उनले एक सय आठ फिट अग्लो ज्योतिर्लिंगको दर्शन गरेका हुन् ।

पूर्वराजाले धाम परिसरमै रहेको एक सय आठ फिटको शिवलिंग, मुक्तिनाथ मन्दिर र नेपाल आमाको मन्दिरको पनि दर्शन गरेका थिए । साथै शिवपुरीधाममा पूर्व राजाले पौने घण्टा पूजा पनि गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।