'नाका'मा बिपिनको फरक अवतार, टिजर सार्बजनिक (टिजर सहित)

'नाका'मा बिपिनको फरक अवतार, टिजर सार्बजनिक (टिजर सहित)

४१४ पटक पढिएको

नायक बिपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र 'नाका'को फर्स्ट लुक टिजर सार्बजनिक गरिएको छ । हरेक चलचित्रमा आफुलाई फरक अवतारमा प्रस्तुत गर्न रुचाउने बिपिन यस चलचित्रमा पनि सफल देखिएका छन् । टिजरका अनुसार बिपिन यस चलचित्रमा नाकाको एक गुण्डा पात्रको रुपमा रहेको प्रष्ट देख्न सकिन्छ ।

नाकामा हुने बिभिन्न अबैध धन्दा र गुण्डागर्दीको बिषयलाई चलचित्रको टिजरमा देखाइएको छ । बिपिन कार्की, थिन्ले लाह्मो, रोबिन तामाङ, शिब मुखिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् ।