ग्रान्डी अस्पतालले मनायो पाँचौं स्थापना दिवस

ग्रान्डी अस्पतालले मनायो पाँचौं स्थापना दिवस

७२५ पटक पढिएको

काठमाडौं- ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले सञ्चालनको पाँच वर्ष पूरा गरेको छ। पाँचौं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि निम्त्याएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ग्रान्डीले स्वास्थ्य उपचारको क्षेत्रमा अत्यन्त उदाहरणीय कार्य गरेको बताए।

यस्तै, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ग्राण्डी अस्पताल यस क्षेत्रकै पहिचानका रुपमा रहेको र यसका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा ग्रान्डीका अध्यक्ष इ. दीपक कुँवर र मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ग्राण्डीलाई आजका अवस्थामा ल्याउन योगदान गर्ने सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझ स्तरीय सेवा प्रदान गर्दै जाने वाचा गरे। 

सञ्चालनको बितेका चार वर्षमा चार लाख २१ हजार ८ सय ४८ जना बिरामीलाई बहिरंग तथा २९ हजार ३ सय १८ जनालाई अन्तरंग सेवा प्रदान गरेको अस्पतालले जनाएको छ। यस्तै, यस अवधिमा १९ हजार ४ सय ६८ जनाको शल्यक्रिया गरिएको जनाइएको छ। 

ग्रान्डीले ३५ वटा विभिन्न विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ।