एश्वर्याले ‘रात र दिन’ को लागि १० करोड मागिन्

एश्वर्याले ‘रात र दिन’ को लागि १० करोड मागिन्

२१८५ पटक पढिएको

एजेन्सी । पुर्व मिस वल्र्ड तथा बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले नयाँ फिल्म खेल्न १० करोड पारिश्रमिक मागेकी छन् । १९६७ मा प्रदर्शनमा आएको फिल्म ‘रात र दिन’को रिमेक फिल्ममा नरगिस दत्तको भूमिका निर्वाह गर्न ऐश्वर्याले १० करोड पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ऐश्वर्याको माग पूरा गर्न फिल्म निर्माता पनि सहमत भएका छन् । ‘रात र दिन’को रिमेक फिल्मको निर्माण प्रेरणा अरोडाले गर्दैछिन् ।उनले ऐश्वर्याको आगामी फिल्म ‘रात र दिन’को रिमेक रहेको बताउँदै फिल्ममा ऐश्वर्या डबल रोलमा देखिने बताइन् ।

उनको फिल्म आगामी इदमा रिलिज हुँदैछ, जसको टक्कर सलमानको रेस ३ सँग हुनेछ । यसपछि ऐश्वर्यालार्य लागातार फिल्मको प्रस्ताव आइरहेको छ । हालै उनलाई नर्गिस अभिनित फिल्म रात और दिन को रिमेकका लागि प्रस्ताव आएको छ । 



स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भुमिका छ । तर, जब परिश्रमिकको करा उठ्यो तब उनले १० करोड रुपैयाँ माग गरिन् । उनको रेट सुनेर सबै चकित परे । यति पारिश्रमिक अहिले बलिउडमा चलेको अभिनेत्रीको पनि छैन । तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भईन । 

दोहोरो भुमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करो दिन आफु राजी भएको अरोराले बताएकी खबर आजको नयाँ पत्रिकामा छ ।