पूर्वराष्ट्रपति रामवरणमाथि अपमान

पूर्वराष्ट्रपति रामवरणमाथि अपमान

३७४ पटक पढिएको

पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिको आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन आज पत्रिकामा सूचना प्रकाशित गरेपछि उहाँको बेईजत भएको हो । पूर्वराष्ट्रपति यादव ललितपुर–४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आउनु भएको छ ।

पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो । घरबेटी विष्टले आज एउटा राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै, घरवाहाल बुझाउन नभए १५ दिनभित्र घरखाली गरिदिन भनेका छन् । यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले गुनासो गरेका छन् । नेपाल सरकारले उच्च सम्मान गर्नुपर्ने पूर्वराष्ट्रपतिले भाडा तिर्न नसकेर यस्तो सूचना निस्कनु स्वयं पूर्वराष्ट्रपतिको त अपमान हो नै, यसबाट सिंगै राष्ट्रले लज्जित हुनुपर्ने अवस्था देखापरेको कतिपयको भनाई छ ।