सरकारले प्रदेश प्रमुख भोलि तोक्ने, ढिलाइ गर्दा प्रक्रिया प्रभावित

सरकारले प्रदेश प्रमुख भोलि तोक्ने, ढिलाइ गर्दा प्रक्रिया प्रभावित

२७१ पटक पढिएको

सरकारले प्रदेश प्रमुख छिटै तोक्ने तयारी गरेको छ । भोलिबस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको हो । तर, सरकारले प्रदेशको अस्थाई राजधानी भने तत्काल नतोक्ने भएको छ । वाणिज्यमन्त्री मीनविश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने जानकारी दिनुभयो । प्रदेशप्रमुखको नियुक्ति गरेपनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने उहाँले स्पस्ट पार्नुभयो ।

प्रदेशको अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक गरेपनि अरु दलले चासो नदिएर उम्किन खोजेकाले सरकारले मात्रै ‘अपजस’ नलिने उहाँको भनाइ छ  । प्रदेशको अस्थायी मुकाम नतोक्दा प्रदेशसभाको बैठक काठमाण्डुमा बोलाउने तयारी सरकारले गरेको छ । प्रदेशसभाको बैठकले नै मुाकम तोक्नेछ ।

सरकारले प्रदेश मुकाम र प्रदेश प्रमुख तोक्न ढिलाइ गर्दा प्रदेशसभा सदस्यहरूको शपथग्रहणदेखि प्रादेशिक सरकार गठनसम्मका प्रक्रिया प्रभावित बनेको छ ।निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिकको सिट संख्या बाँडफाँटको काम सम्पन्न गरे पनि प्रदेश प्रमुख अभावमा प्रदेश सदस्यहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने, शपथ गराउने तथा सरकार गठन प्रक्रिया प्रभावित बनेको हो ।