वाम गठबन्धनको चुनावी घोषणपत्र आज सार्वजनिक हँदै

वाम गठबन्धनको चुनावी घोषणपत्र आज सार्वजनिक हँदै

१५३ पटक पढिएको

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आज चुनावी घोषणपत्र सार्वजनिक गर्देछ । गाँउदेखि केन्द्रसम्म वामपन्थी सरकार भन्ने नारासहित तयार पारेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो । दुवै पार्टीले लिएको नीतिलाई एकीकृत गर्दै तयार गरिएको घोषणापत्र महत्त्वाकांक्षी विकास योजनाहरू अघि सारिएको छ । १० वर्ष भित्र मुलुक गरिबीमुक्त बनाउने उद्देश्यलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।

शताब्दीको अन्त्य अर्थात् २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा र्पुयाउने गरी विकासका योजना र कार्यक्रम अघि बढाउने घोषणापत्रमा छ । दुई पार्टी एकीकरणको तयारीमा रहेको उल्लेख गर्दै घोषणापत्रमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने संघर्षको मुख्य नेतृत्व र वाहक शक्ति कम्युनिस्ट तथा वामपन्थी शक्ति भएकाले परिवर्तनको मूल मर्म एवं भावसहित संविधान पालना गर्न र गराउन पनि संसद् तथा सरकारमा वामपन्थीहरूको बहुमत आवश्यक पर्ने बताइएको छ ।