एकता संयोजन समितिको बैठक आज बस्ने

एकता संयोजन समितिको बैठक आज बस्ने

३१० पटक पढिएको

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । आजै दिउसो ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो । बैठकले पार्टी एकताका लागि संगठनात्मक र सैद्धान्तिक विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने विषयमा छलफल गर्नेछ । संयोजन समिति बैठक अघि एमालेको सोमबार स्थायीसमिति बैठक बसेको थियो । बैठकले पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । त्यस्तै हिजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टीका नेताहरुसँग छलफल गर्नुभएको थियो ।