नेपाली कांग्रेसका युवा नेतालाई पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्न सुझाव

नेपाली कांग्रेसका युवा नेतालाई पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्न सुझाव

१३० पटक पढिएको

नेपाली कांग्रेसमा अस्थावान प्रवुद्ध व्यक्तिहरुले युवा नेताहरुलाई पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर अघि बढ्न सुझाव दिएका छन् । पार्टी सुदृढीकरणका लागि भन्दै अभियान सञ्चालन गरिरहेका ७ जना केन्द्रीय सदस्यहरुको समुहले सोमबार काठमाडौंको पुरानो बानेश्वरस्थित एक होटलमा आयोजना गरेको एक कार्यक्रममा सहभागिहरुले युवा नेताहरुलाई पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर अघि बढ्न सुझाव दिएका हुन् । कार्यक्रममा बोल्ने अधिकांश प्रवुद्ध व्यक्तिहरुले युवा नेताहरुलाई पार्टी विधान अनुसार अगाडि बढ्न सुझाव दिँदै पार्टीभित्रको गुटबन्दी वैधानिक रुपमै अन्त्य गरिनुपर्नेमा जोड दिए । उनीहरुले पार्टीलाई जोगाउनका लागि तत्काल नेतृत्व परिवर्तनभन्दा पनि चुनावको समीक्षा गरेर संगठन विस्तारका साथै विधान संशोधनका लागि बहस र छलफल चलाउन आवश्यक रहेको पनि बताएका छन् ।