सर्वाेच्च अदालतमा डा.गोविन्द के.सी.को बयान सुरु

सर्वाेच्च अदालतमा डा.गोविन्द के.सी.को बयान सुरु

२३० पटक पढिएको

अदालतको अपहेलना मुद्दामा पक्राउ गरी सर्वाेच्च अदालतमा उपस्थित गराइएका डा.गोविन्द के.सी.को बयान सुरु भएको छ । न्यायधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशनमा उनको बयान सुरु भएको हो । अदालतको फैसलाको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै उहाँँसगँ बयान लिन थालिएको छ । बयानपछि सुरुमा डा.के.सी. बिरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस गर्ने छन् । त्यसपछि डा.के.सी. पक्षका अधिवक्ताहरुले बहस गर्ने र बहस सकिएपछि थुनछेक आदेश हुने छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आई ओ एम) को डिन नियुक्ति सम्बन्धि मुद्दामा सर्वाेच्चले गरेको फैसला बिरुद्ध अभिव्यक्ति दिएको र त्यसको अदालतको अपहेलना गरेको भन्दै डा.के.सी.लाई सर्वाेच्चको आदेशमा हिजो पक्राउ गरिएको थियो । बिहान साढे ८ बजे नै केसीलाई सर्वाेच्चमा लगिए पनि ५ घन्टापछि बहस सुरु भएको थियो । डा. गोबिन्द केसीलाई पक्राउ गरेको बिरोधमा काठमाडौँ लगायत धरान जनकपुरमा पनि प्रदर्शन गरिएको छ । यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द के.सी.लाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूहरु सबैलाई मुद्दा लगाउन प्रधानन्यायाधीसामु चुनौती दिनुभएको छ । डा के.सी.को समर्थनमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले चुनौती दिएका दिनुभएको हो । यसैबीच विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द के.सी.को गिरफ्तारी सरकारका लागि लज्जा जनक भएको बताउनु भएको छ । उहाले डा. के.सी.लाई तत्काल रिहा गर्न र उहाँले लगाउनु भएको आरोप माथि छानविन गर्न माग गर्नु भएको छ ।