मंहगो पारिश्रमिक लिएर ‘माग्ने बुढा’ पूजाको फिल्ममा अनुबन्धित

मंहगो पारिश्रमिक लिएर ‘माग्ने बुढा’ पूजाको फिल्ममा अनुबन्धित

१२५२ पटक पढिएको

अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको दोस्रो चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । सुदर्शन थापाको निर्देशन रहने चलचित्रलाई निर्देशक थापा र अभिनेत्री शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । यस अघि यी दुईले ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए । जुन सफल भएको थियो । दोस्रो चलचित्रमा फरक भूमिकामा देखिन पूजा विभिन्न तालिमहरू सिक्दै छिन् ।

माघको दोस्रो साताबाट छायाङ्कनमा जाने भनिएको चलचित्रको लागी यति बेला निर्माण पक्ष नायकको खोजीमा छन् । मङ्गलवार केदार घिमिरेलाई मंहगो पारिश्रमिक सहित औपचारिक रूपमा चलचित्रमा अनुबन्धित गरिएको अभिनेत्री शर्माले बताइन् । हास्यकलाकारको रूपमा आफ्नो फरक परिचय बनाएका केदार घिमिरेले यस अघि दीपक–दिपा क्याम्प बाहिरका चलचित्र गरेका छैनन् ।

दिपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेका चलचित्र बाहकमा काम नगरेका माग्ने बुढाको सम्भवत यो बाहिरको चलचित्र पहिलो हो । 

श्रोत : सिनेपाटी