चीनका प्रधानमन्त्री ली खछ्याङबाट कम्बोडियाको औपचारिक भ्रमण शुरू

चीनका प्रधानमन्त्री ली खछ्याङबाट कम्बोडियाको औपचारिक भ्रमण शुरू

६१४ पटक पढिएको

कम्बोडियाका प्रधानमन्त्री साम्देच हुन्सेनको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङले दश तारिख दिउँसो कम्बोडियाको राजधानी नोपेन्ह पुगेर त्यहाँ आयोजना हुनलागेको लान छाङ नदी-मेकोङ नदी सहयोग सम्बन्धी दोस्रो शिखर सम्मेलनमा सहभागी हुनुका साथै कम्बोडियाको औपचारिक भ्रमण थाल्नुभएको छ।

प्रधानमन्त्री लीको सम्मानमा कम्बोडियाका उप प्रधानमन्त्री होर नान्होङ लगायत कम्बोडियाका सरकारी पदाधिकारी र कम्बोडियाका लागि चिनियाँ राजदुत विमानस्थलमा उपस्थित हुनुभएको थियो।

प्रधानमन्त्री लीले लान छाङ नदी-मेकोङ नदीले छवटा मुलुकलाई सँगै जोड्नुका साथै छवटा मुलुकको भाग्यलाई पनि सँगै जोडेको कुरा बताउनुभयो। यस भ्रमणमार्फत कम्बोडियासितको मित्रतालाई मजबुत पारी संयुक्त रुपमा चीन-कम्बोडिया चौतर्फी रणनीतिक सहकार्य साझेदारी सम्बन्धको नयाँ अध्याय खोल्ने आशा पनि प्रधानमन्त्री लीले व्यक्त गर्नुभएको छ।