उत्तर कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्ता सकारात्मक

उत्तर कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्ता सकारात्मक

४१३ पटक पढिएको

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले दश तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले उत्तर-कोरिया र गणतन्त्र कोरियाबीचको उच्चस्तरीय वार्तामा सकारात्मक प्रतिफल प्राप्त भएको कुराको स्वागत गर्नुका साथै दुवै पक्षले आपसी तनावपूर्ण सम्बन्धलाई शिथिल पार्नका लागि चालेको सकारात्मक कदमको चीनले समर्थन गरेको बताउनुभएको छ। साथै अन्तर्राष्ट्रिय समाजले दुवै पक्षको प्रयासलाई विस्तृत समझदारी र समर्थन दिनसक्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ ।

प्रवक्ता लुका अनुसार, कोरियाली प्रायद्बीपको निकट छिमेकीको हैसियतले चीनले सधैं नै उत्तर कोरिया र गणतन्त्र कोरिया दुवै पक्षले आपसी सम्बन्धलाई शिथिल पार्नका लागि सकारात्मक कदम चालेको कुराको स्वागत गर्दै आएको छ। दुवै पक्षले प्योङ छाङ हिउँदकालीन ओलम्पिक खेलकुदको सुअवसर समातेर आपसी सम्बन्धको सुधार र मेलमिलापयुक्त सहयोगलाई अघि बढाउनुका साथै कोरियाली प्रायद्बीपको तनावपूर्ण परिस्थितिलाई शिथिल पार्न सकारात्मक प्रयास गर्दै जाने आशा पनि प्रवक्ता लुले प्रकट गर्नुभएको छ ।