
डोल्पामा मन्दिरसहित आठ घर जल्दा दुई करोड ३२ लाख क्षति
दुनै, डोल्पा, २७ पुस । हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ९ होर्तमा आगलागीबाट एक मष्टा मन्दिरसहित आठ घर जलेर नष्ट भएका छन् । आगलागीबाट रु दुई करोड ३२ लाख बराबरको क्षति भएको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो । आगलागीमा परेर पाँचसय वर्ष पुरानो मष्टा मन्दिर पनि जलेको छ, मन्दिरभित्र भएको बहुमूल्य मूर्ति जल्दा रु एक करोड बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट घर जलेर पीडित हुनेमा मुड्केचुला–९ होर्त गाउँका नन्दकुमारी बुढा, सुन्द्रा बुढा, पम्फा बुढा, पिपला रोकाय, रामबहादुर बुढा, शान्ति बुढा, दलजित बुढा र कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । कर्णबहादुर बुढाका तीनवटा बाख्रा पनि जलेको बताइएको छ । बुधबार बेलुकी शुरु भएको आगलागी आज बिहान मात्रै १४ घण्टापछि नियन्त्रणमा आएको थियो ।

नेपालमा विद्यार्थी भर्ना अभियान शुरु
१२१ पटक पढिएको
आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
१०८ पटक पढिएको
यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि
९० पटक पढिएको
वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व
१८९ पटक पढिएको
न्यौपानेको अध्यक्षतामा बानको नव २३ सदस्यीय कार्यसमिती चयन
१४१ पटक पढिएको
गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध
४५४ पटक पढिएको