नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बन्द

२५५ पटक पढिएको

नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो । खेती दोभानमा रहेको ठूलो ढुंगा सडकखण्डमा खसेर ठूलो क्षति र्पुयाउन सक्ने सम्भावना रहेकाले त्यसलाई व्यवस्थापन गर्न दुवैतर्फ सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । सरोकारवालाहरुको बैठकले सडकखण्डमा अझै पनि धेरै खाल्डाखुल्डी रहेकाले तत्काल सम्याउन निर्देशन दिएको छ ।