तोकिए सात प्रदेशका मुख्य निर्वाचन अधिकृत

तोकिए सात प्रदेशका मुख्य निर्वाचन अधिकृत

३५९ पटक पढिएको

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा १–१ जना गरी ७ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको हो । आयोगले न्याय परिषद् सचिवालयले सिफारिस गरेका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश नं २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालकुमुन्द दवाडी, प्रदेश ४ मा दीपेन्द्र अधिकारी, प्रदेश ५ मा हेमन्त रावल, प्रदेश ६ जयानन्द पनेरु र प्रदेश ७ मा नरनारायण पौडेललाई तोकेको छ ।  निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ। कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गरिने बताईएको छ ।