नेकपा एमालेका नेता माधव कुमार नेपाल बंगलादेशमा

नेकपा एमालेका नेता माधव कुमार नेपाल बंगलादेशमा

३५९ पटक पढिएको

नेकपा एमालेका नेता माधव कुमार नेपाल आजदेखि बंगलादेशको राजधानी ढाकामा हुने ‘ एशियाका देशबीच विकासमा सहकार्य अभियान’ मा सहभागी हुनुभएको छ । मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुई दिने सो अभियानमा सहभागि हुन नेता नेपाल हिजो नै बंगलादेश जानु भएको हो । अभियानमा नेपाल सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा सहित दलका २० जना सहभागी हुनु भएको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो । अभियानमा एशियाका २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ । अभियानले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ । अभियानमा सहभागी भएर नेता नेपाल यही माघ १ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।