प्रदेशको राजधानी अझै टुङगो लागेन 

प्रदेशको राजधानी अझै टुङगो लागेन 

१५४ पटक पढिएको

आसन्न प्रदेश र प्रतिनिधिसभा निवर्नचन आउन दुईसाता मात्र बाकिँ रहदा पनि प्रदेश सभा बैठक कहाँ बस्ने भने टुङगो लाग्न सकेको छैन । निर्वाचन आउन दुईसाता मात्र बाँकी रहदापनि प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइ नसकेकाले सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गर्न नसकेकाले प्रदेशसभाको बैठक स्थलको समेत टुंगो लाग्न नसकेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम भईरहेको सरकारले छिट्टै टुङगो लगाउने बताउनु भएको छ । उहाँले सरकारले विभिन्न च्यानलबाट सम्भावित स्थानमा रहेका पूर्वाधारबारे जानकारी लिने काम भइरहेकाले  छिट्टै टुङगो लाग्ने बताउनु भएको छ ।