चीन र नेपालबीच सिमापार अप्टिकल केबल सुरु

चीन र नेपालबीच सिमापार अप्टिकल केबल सुरु

६०१ पटक पढिएको

चीन र नेपालबीच सिमापार अप्टिकल केबल सञ्चालन समारोह यही जनवरी १२ तारिखमा आयोजित भयो । सो समारोहमा नेपाली सर्वसाधारणले हार्दिक खुशी व्यक्त गरेका छन्।

चीन र नेपालबीचको अप्टिकल संजाल हिमालयपार अप्टिकल केबल हो। यो चीनबाट सुरु ओप्टिकल केबलले नेपालको रसुवा जिल्ला हुँदै काठमाडौँ प्रवेश गरेको छ। यो चीन र नेपालबीच पहिलो प्रत्यक्ष नेटवर्क हुनुका साथै नेपालमा भारतबाहेक पहिलो अन्तर्राष्ट्रिय अप्टिकल केबल पनि हो।

समारोहमा चीनबाट इन्टरनेट अप्टिकल केबलले नेपालमा विभिन्न इन्टरनेट सेवामा हुने प्रतिस्पर्धालाई सबल पार्ने र प्रतिस्पर्धाले नेपालमा इन्टरनेट सेवाको गुणस्तरलाई उकास्ने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताउनुभएको छ। नेपाली सर्वसाधारणले अझै राम्रो सेवाको अनुभव लिन पाउने छन्।

नेपाली स्वास्थ्य मन्त्रालयबाट सेवानिवृत्त अधिकारी डा. विजय शर्माले घरको इन्टरनेटमा ब्रोडब्यान्ड चिनियाँ अप्टिकल केबल प्रयोग गर्ने बताउनुभयो। चीनले अझ उन्नत प्रविधि र अझ सस्तो भाउमा यस्तो सेवा दिने उहाँले विश्वास गर्नुभएको छ।