इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सहज जित

१७७ पटक पढिएको

इंग्लिस प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु मैदान ओल्डट्राफडमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीमाथि सहज जित निकालेको छ। पउल पोग्बाले उत्कृष्ट प्रर्दशन गरेको खेलमा स्टोक सिटीलाई युनाइटेडले ३–०  ले पराजित गरेको छ । पहिलो हाफको खेलमा युनाइटेडले एन्टोनियो भ्यालेन्सिया र एन्थोनी मार्सेलले गरेको १–१ गोलका कारण २–० को अग्रता लिएको थियो ।  दोस्रो हाफको ७२ औ मिनेटमा स्ट्राइकर रोमेलु लुकाकुले गोल गरेपछि युनाइटेडले ३–० को नतिजाले खेल जितेको हो । जीतसगैँ युनाइटेडले लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसगँकोे अकं दुरी घटाउदै १२ मा झर्न सफल भएको छ । लिगको दोस्रो स्थानको युनाइटेडले २३ खेलबाट ५० अंक जोडेको छ । लिभरपुलसगँ ४–३ गोलान्तरले हारेको म्यानचेस्टर सिटी ६२ अकंसहित लिगको शीर्ष स्थानमा रहेको छ ।