हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

८४ पटक पढिएको

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो । एक लाख २५ हजार १ सय ८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो । जिल्लामा १ सय ७९ मतदान केन्द्र रहेको छ ।