बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

बार्सिलोनालाई झड्का, युवा स्टार डेम्बेले एक महिना मैदान बाहिरै

८३८ पटक पढिएको

एजेन्सी ।  स्पेनिस महारथी क्लब बार्सिलोनाका युवा फरवार्ड ओम्मान डेम्बेले एक महिना मैदान बाहिर रहने भएका छन् । डेम्बेले ह्यामस्ट्रिङ्गका कारण मैदान बाहिरै रहने भएका हुन्। उनी शनिबार राति भएको रियल सोसिडाड विरुद्धको खेलका दौरान घाइते भएका थिए। खेलमा बार्सिलोनाले ४–२ ले विजयी भएको थियो। उनी त्यही खेलमा चार महिनापछि मैदान फर्किएका हुन् । डम्बेले गत सेप्टेम्बर पनि ह्यामस्ट्रिङ्गकै कारण घाइते भएका थिए । उनको पहिलेकै समस्या बल्झिएको बार्सिलोनाले जनाएको छ ।

२० बर्षीय फेञ्च फरवार्ड डेम्बेलेलाई बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १२ अर्ब ८४ करोड रुपैयाँमा पाँच वर्षको सम्झौता गरेको थियो। यो रकम नेइमार लाईपछिको दोस्रो ठूलो सम्झौता हो।डेम्बेलेले यो सिजन बार्सिलोनबाट ४ खेल खेल्ने अवसर पाएका छन् । उनले बार्सिलोनाका लागि गोल गर्न अझै बाँकी छ ।