सुनिल गिरीको 'कस्तो यो मन' सार्वजनिक (भिडियो सहित)

सुनिल गिरीको 'कस्तो यो मन' सार्वजनिक (भिडियो सहित)

२३३२ पटक पढिएको

सुनिल गिरीको प्रतिक्षित गीत "कस्तो यो मन" बोलको गीत यूट्युवमार्फत सार्वजनिक गरिएको छ ।

को होला त्यो, देउराली जस्ता गीतबाट निकै चर्चा बटुल्न सफल युवा तथा प्रतिभाशाली गायक गिरीको गीतहरुमा प्राय माया प्रेमका कथा ब्यथाहरु जोडीएको पाइन्छ ।

यस "कस्तो यो मन" गीतका शब्द, लय तथा संगीत गायक स्वयं र गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् भने भिडियो अनिल के. मानन्धरको निर्देशनमा निर्माण भएको हो । जोमसोम  र आसपास क्षेत्रमा छायांकन गरिएको भिडियो गीतमा सुनिल गिरि आफै र श्रेया शर्माको आभिनय रहेको छ ।