नेपालको हावाको गुणस्तर विश्वमै खराब

नेपालको हावाको गुणस्तर विश्वमै खराब

९२१ पटक पढिएको

नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ । सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय ) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको छ ।यसले नेपाली हावाको गुणस्तर निकै खराब रहेको देखाएको छ । नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २.५’ (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको छ ।