प्रदिप र साम्राज्ञीको जोडी पक्का, बन्ने भयो ‘भैरबी’

प्रदिप र साम्राज्ञीको जोडी पक्का, बन्ने भयो ‘भैरबी’

६६७ पटक पढिएको

युवापुस्तामा राम्रो फ्यान फलोइङ कमाएको नायक प्रदिप खड्का र नायिका साम्राज्ञीले एकसाथ चलचित्रमा काम गर्ने पक्का भएको छ । ‘कृ’ निर्माता सुबास गिरीको नयाँ चलचित्र ‘भैरबी’मा यी दुई खेल्ने पक्का भएको खबर बाहिरिएको हो ।

बुझिए अनुसार चलचित्रलाई दिनेश राउतले निर्देशन गर्ने छन् । चलचित्रको छायाँकन २०७५ को सुरुवातमा सुरु हुने छ । नेपाल र बनारसमा छायाँकन हुने  भनिएको चलचित्र लभस्टोरी रहने बताईएको छ ।