‘साढे ७’काे पहिलो गीतमा सत्यराज र सुप्रियाको यस्ताे प्रेम

‘साढे ७’काे पहिलो गीतमा सत्यराज र सुप्रियाको यस्ताे प्रेम

४४२ पटक पढिएको

चलचित्र ‘साढे ७’को पहिलो गीत सार्वजनिक भएको छ । ‘गज्जब हुनेछ’ बालेको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकारद्वय सत्यराज आचार्य र सुप्रिया कटुवाल फिचरिङ छन् । सार्वजनिक गीतमा किरण गजमेरको स्वर रहेको छ भने अमृत खतिवडाको शब्द र गायक तथा चलचित्रका अभिनेता सत्यराजको सङ्गीत रहेको छ ।

साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्रको केही समय अघि ट्रेलर सार्वजनिक गरिएको थियो । चलचित्रमा नाकाबन्दीको समयका एक फाटो पत्रकारले भागेको दुख र देखेको समाजलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सत्यराज र सुप्रियाको साथमा मेनका प्रधान, सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय रहेको छ ।  ्सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेशदेव पाण्डे, डिजे सन्तोष र निर्देशक भुटियाको संयुक्त लगानीमा निर्माण भएको चलचित्र  ‘साढे ७’ फागुन ११ गतेबाट प्रदर्शन हुने छ ।