
अनमोलको कृ र दयाहाङको कान्छीबीच हुने भयो टक्कर
यस वर्षको बहुप्रतिक्षीत मानिएको चलचित्र ‘कृ’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । पहिले नै फिल्मको रिलिज मिति ३ पल्ट परिवर्तन भईसकेको छ । सुरुमा भाद्र १६, त्यसपछि भाद्र ८ र फस्ट लुक पोस्टर सार्वजनिक गर्दा कात्तिक ३ गतेलाई फिल्म ‘कृ’को रिलिज मिति घोषणा गरिएकोमा अहिले फेरि फिल्म माघ २६ गते रिलिज हुने भनिएको छ । फिल्मको अझै लगभग १५ दिनको सुटिङ बाँकी हुँदै निर्माता सुवास गिरीले ‘कृ’लाई माघ २६ गते रिलिज गर्ने घोषणा गरेका हुन् । आफ्नो आधिकारीक फेसबुकमार्फत बिहीवार उनले ‘‘कृ’को अन्तिम सेड्युलको सुटिङ बिट मार्दै गरेको अवस्था । फिल्मको ट्रेलर यही मंसिरको पहिलो हप्ता आउनेछ“ भनेर लेखेका छन् । फिल्मको रिलिज ३ पल्ट सरेपनि फिल्मको प्रदर्शन मिति माघ २६ बाट अब नसर्ने निर्माता गिरीले जानकारी दिएका छन् ।
रोचक कुरा के हो भने माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म “कान्छी” पनि प्रदर्शनमा आउँदैछ । “चरी चट्ट परी” बोलको गीत सार्वजनिक गर्दै “कान्छी”ले सोही मितिमा आफ्नो फिल्मको प्रदर्शन तोकेको छ ।
युवा पुस्तामाझ लोकप्रिय नायक अनमोल केसी र अभिनयका कारण सबैमा लोकप्रिय नायक दयाहाङ राईबिच हुने यो भिडान्तमा कसको जीत हुने हो त्यसको लागि माघ २६ गतेसम्म भने कुर्नैपर्ने हुन्छ ।

बिपिनको ‘हरि’ ट्रेलरमा यस्तो रूप (ट्रेलर)
११५ पटक पढिएको
प्रियंका बनिन् एसियाकै सर्वाधिक सेक्सी महिला
१२३९ पटक पढिएको
बाहुबलीकी देवसेना डरपोक
९२० पटक पढिएको
नामको कारण फेरि दिएन साम्राज्ञीलाई बेलायतले भिसा
१९७६ पटक पढिएको