‘कायरा’मा आर्यन र साम्राज्ञीको जोडी , जम्ला जोडी ?

‘कायरा’मा आर्यन र साम्राज्ञीको जोडी , जम्ला जोडी ?

७०४ पटक पढिएको

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकसाथ स्क्रिन सेयर गर्ने पक्का भएको छ । ‘कायरा’ नाम गरेको चलचित्रमा यी दुईले एकसाथ काम गर्ने पक्का भएको हो । केही समय अघि बाहिरिएको समचारमा  चलचित्रको नाम र निर्देशकको तय गरिएको थिएन । यतिबेला चलचित्रको नाम कायरा सहित  निर्देशक लक्ष्मण रिजालले यसकाे निर्देशन गर्ने समाचार बाहिरिएकाे हाे । 

उनले यसअघि ‘घुवा यो नशा’मा आर्यनसँग काम गरिसकेका छन् । आर्यन सिग्देलको होम प्रोडक्सन सग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायाङ्कन पौष महिनाबाट सुरु हुने बताइएको छ । चलचित्रमा आर्यन र साम्राज्ञी मुख्य भूमिकामा रहनेछन् । लगातार दुई चलचित्र हिट दिएकी साम्राज्ञीको युवामाझ राम्रो फ्यान फलोइङ रहेको छ । यता केही समयदेखि चलचित्रमा सक्रिय नरहेका अभिनेता सिग्देलको पछिल्लो चलचित्र ‘रुद्रप्रिया’ पनि सफल हुन सकेन । सिने नगरीमा आर्यनले साम्राज्ञीसँग काम गरेर सेफ ल्याण्ड गरेको भन्ने समेत टिकाटिप्पणी सुरु हुन थालेको छ ।