९० प्रतिशत सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि खटिए

९० प्रतिशत सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि खटिए

५३३ पटक पढिएको


कार्तिक २७, काठमाडौँ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारमाथि आक्रमण हुन थालेपछि त्यसलाई रोक्न सुरक्षा निकायले सतर्कता बढाएका छन् ।  रुकुम, रोल्पा, जाजरकोट र कालिकोटका साथै सोलुखुम्बु लगायतका जिल्लामा बिषेश सुरक्षा रणनीति अपनाईएको छ । आज बाट समभाबित जोखिमयुक्त ठाउँमा सरक्षा तैनाथी बढेको छ । उमेदवारमाथी भएका आक्रमणले चुनावी तयारिनै प्रभावित हुने भएपछि गृहमन्त्रालयले बिषेश सुरक्षा व्यवस्था गरेको हो । निर्वाचन सुरक्षाका लागि ७२ हजार ६ सय प्रहरीमध्ये १० प्रतिशत मात्र कार्यालयमा रहने गरी सबैलाई निर्वाचन सुरक्षामा खटाइएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । निर्वाचन सुरक्षामा सेना र सशस्त्र प्रहरी पनि परिचालन भइसकेका छन् । मतदान सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक तथा प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी र म्यादी प्रहरी परिचालन हुनेछन् । सुरक्षा बलियो बनाउन मतदान केन्द्रलाई साधारण, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा सोही अनुसार व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।