पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

४०० पटक पढिएको

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले आजबाट लागु हुने गरी खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ र बाह्यमा प्रति किलो लिटर एक सय डलर बढाएको निगमले जनाएको छ ।

अब पेट्रोल एक लिटरको १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ पर्ने भएको छ । यसअघि मंसिर २२ र पुस ४ गते मूल्य बढाएको निगमले फेरि पनि मुल्य बढाएको हो । अन्तराष्ट्रिय बजारमा मूल्य बढेको र निगमलाई इन्धन उपलब्ध गराउने भारतीय आयल कर्पोरेशनबाट पनि मूल्य बढेर आएकाले भाउ बढाउनु परेको निगमले जनाएको छ ।